२५४२ अंकमा झऱ्यो नेप्से

हेटौंडा खबर
१४ चैत्र २०७८, सोमबार १५:२३

सोमबार पनि सेयर बजारको परिसूचक नेप्से घटेको छ । यस दिन सबै उपसमूह घटेका छन् । परिसूचक नेप्से करिब ३० (२९.९८) अंक घटेर २५४२ मा कायम भएको छ । २१ कम्पनीको मात्रै मूल्य बढ्यो ।

१६७ कम्पनीको मूल्य घट्दा ५ को स्थिर रह्यो ।कुल २ अर्ब ५४ करोड रुपैयाँको कारोबार भयो । बैंकिङ ८, ब्यापार ६०, होटल तथा पर्यटन २४, विकास बैंक ७५, जलविद्युत् २४, फाइनान्स ४९, निर्जीवन बीमा २५२, उत्पादन ८४, माइक्रोफाइनान्स ४० र जीवन बीमा ३४२ अंकले घटे ।राष्ट्र उत्थान लघुवित्त र इमर्जिङ नेपालको मूल्य १० प्रतिशत बढेको छ ।

त्यस्तै नेस्डो लघुवित्तको मूल्य ६ प्रतिशत बढ्यो । कारोबार रकमका आधारमा जीवन विकास लघुवित्त, अपि पावर, हिमालयन डिस्टिलरी, नेपाल लाइफ इन्स्योरेन्स र लाइफ इन्स्योरेन्स कर्पोरेसन क्रमश: अगाडि रहे ।

धेरै मूल्य घट्नेमा आईसीएफसी फाइनान्स, सानिमा लाइफ, ज्योति लाइफ, ग्रीनलाइफ हाइड्रो रहे । यी कम्पनीको मूल्य ४.३ देखि ४.८ प्रतिशतसम्म घटेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*