केन्द्रीय समिति बैठकमा गठबन्धनबारे देउवाको चट्टानी अडान

हेटौंडा खबर
१४ चैत्र २०७८, सोमबार १६:२०

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी स्थानीय तहको निर्वाचनमा गठबन्धन गरेर जाने अडान लिएका छन् ।जारी केन्द्रीय समितिको सोमबार बसेको बैठकमा बोल्दै प्रधानमन्त्री देउवाले आगामी निर्वाचनमा गठबन्धन गरेर नगए गारो पर्ने बताए ।

केन्द्रीय सदस्यहरुको धारणा सुनेपछि प्रधानमन्त्री देउवाले गठबन्धन नहुँदा आफूले समेत बल्लबल्ल जितेको बताउँदै आगामी निर्वाचनमा गठबन्धन गरेर जित हासिल गर्नुपर्ने बताए ।

बैठकमा बोल्दै प्रधानमन्त्री देउवाले भने, ‘गठबन्धन नहुँदा मैले नै बालबाल जितेको हुँ यार १ गठबन्धन नगरेर हुन्छ ? गठबन्धन गरेर जाँदा हामी सबैले जित्छौँ भन्या । ए बाबा ! पहिला धेरै साथीहरु हारेका होइनन् र ? मलाई पनि माओवादीले गोली हानेकै हुन् नि ! पुराना कुरा सम्झेर हुन्छ र ? त्यसकारण गठबन्धन गरेर जाऔँ ।’

यसअघि पनि प्रधानमन्त्री देउवाले अन्य दलहरुसँग गठबन्धन गरेर जानुपर्नेमा जोढ दिँदै आइरहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*