साना दललाई आफ्नै चुनाव चिह्न दिने आयोगको निर्णय

हेटौंडा खबर
१४ चैत्र २०७८, सोमबार १६:४७

स्थानीय तहको निर्वाचनमा साना दलहरुले आफ्नै चुनाव चिह्न पाउने भएका छन् ।

निर्वाचन आयोगको आइतबार बसेको बैठकले राष्ट्रिय मान्यता प्राप्त नगरेका दलहरुलाई पनि दल दर्ताको समयमा लिएको चुनाव चिह्नकै आधारमा चुनावमा प्रतिस्पर्धा गर्न दिने निर्णय गरेको छ ।

स्थानीय तह निर्वाचनका लागि ७९ दल दर्ता भएका थिए । राजनीतिक दलसम्बन्धी ऐन अनुसार राष्ट्रिय मान्यताप्राप्त दलले मात्र आफ्नै चुनाव चिह्न पाउने व्यवस्था छ । साना दलहरुले भने आफ्नै चुनाव चिह्न पाउनुपर्ने माग गरेपछि आयोगले ती दललाई कुन कुन जिल्लामा संगठन संरचना छ भनी जिल्लागत विवरण माग गरेको थियो । त्यसका आधारमा आयोगले कुन जिल्लामा कति दल हुन्छन् भन्ने टुंगो लगाएको छ ।

यसअनुसार काठमाडौंमा सबभन्दा धेरै राष्ट्रिय मान्यताप्राप्त ६ र मान्यता नभएका ४० दल भएका छन् । यसबाहेक स्वतन्त्र उम्मेदवारका लागि पनि चुनाव चिह्न राख्नुपर्छ, यसले मतपत्रको आकार ठूलो हुनसक्छ ।तर काठमाडौं लगायतका ठूला स्थानीय तहमा उम्मेदवारको अन्तिम सूची प्रकाशित भइसकेपछि मात्र मतपत्र छाप्न प्रयास हुने प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*