हेटौंडा र मनहरीबाट २ क्विन्टल ६५ किलो गाँजासहित ५ जना पक्राउ

हेटौंडा खबर
१४ चैत्र २०७८, सोमबार १८:२७

मकवापुर प्रहरीले ठुलो परिमाणमा लागूऔषध गाँजासहित ५ जनालाई पक्राउ गरेको छ ।

आइतबार विशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुर र प्रहरी चौकी चौकीटोल मकवानपुरबाट खटिएको प्रहरी टोलीले प्रहरी चौकी चौकिटोलको कार्यालय अगाडी सवारी साधानहरु रोकी चेकजाँच गर्ने क्रममा भैसेबाट हेटौडा तर्फ आउदै गरेको प्र. ३-०१-०२३ च ५६४० नं.को योद्दा पिकअप गाडीमा लुकाई छिपाई ल्याएको लागूऔषध गाँजा १६५ किलो ८०० ग्राम फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीले गाँजासहित हेटौडा उप-महानगरपालिका १३ पदमपोखरी बस्ने बर्ष २८ को अरबिन्द नेपालीलाई गाँजा र योद्दा पिकअप गाडी सहित नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

त्यस्तै सोमबार बिहान विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय मनहरी मकवानपुरबाट खटिएको प्रहरी टोलीले गस्ती गर्दै जाने क्रममा मनहरी गाउँपालिका वडा नं. ६ स्थित लोथर खोला हुदै खयरघारी तर्फ शंकास्पद रुपमा पिढ्युमा भारी बोकी आईरहेको अवस्थामा धादिङ रोराङ्ग गाउँपालिका वडा नं. २ बस्ने वर्ष ३० को मान बहादुर चेपाङ्ग, वर्ष ३९ को सन्त बहादुर चेपाङ्ग, मनहरी गाउँपालिका वडा नं. ३ बस्ने वर्ष ५३ को बुद्धी बहादुर थिङ्ग र चितवन राप्ती नगरपालिका वडा नं. ११ बस्ने वर्ष ५५ को सञ्च बहादुर थिङ्गलाई नियन्त्रणमा लिई निजहरुले बोकेको बोराहरु चेकजाँच गर्दा लागुऔषध गाँजा १०० किलो फेला परेको प्रहरीले जनाएको छ ।

पक्राउ परेकालाई उक्त लागुऔषध गाँजा सहित नियन्त्रणमा लिई थप अनुसन्धान र कारवाहीको प्रक्रिया अघि बढाईएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरिक्षक जयश्वर रिमालले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*