हेटौडामा ‘एक्सपर्ट ग्रान्ड एजुकेशन फेयर–२०२२’ सम्पन्न

हेटौंडा खबर
१४ चैत्र २०७८, सोमबार २१:११

एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज हेटौडाको आयोजनामा आज (सोमबार ) भएको ‘एक्सपर्ट ग्रान्ड एजुकेशन फेयर–२०२२’ विद्यार्थीहरुको उत्साहजनक सहभागितामा सम्पन्न भएको छ।

होटल एभोकाडोमा भएको फेयर विहान ११ बजेदेखि अपरान्ह २ बजेसम्म चलेको थियो । सो कार्यक्रममा ३०० भन्दा बढी विद्यार्थीहरुले सहभागिता जनाएको एक्सपर्ट हेटौडाका मेनेजर अच्युत चालिसेले जानकारी दिनुभयो।

कार्यक्रममा विद्यार्थीहरुले अष्ट्रेलिया, क्यानडा, युके र अमेरिकाका विभिन्न विश्वविद्यालय तथा कलेजका प्रतिनिधि, अष्ट्रेलियाबाट आउनु भएका एक्सपर्टका प्रतिनिधि र बैंकका प्रतिनिधिसंग प्रत्यक्ष संवाद गर्ने अवसर पाएका थिए । जसका कारण ती देशमा उच्च शिक्षा अध्ययनका लागि जान चाहने विद्यार्थीहरुले प्रत्यक्ष रुपमा त्यहाँको शिक्षा, चुनौति, अवसर र विदेश जाँदा लाग्ने खर्चको बारेमा जानकारी पाएका थिए ।

यस्तै सोही कार्यक्रममा नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान तथा एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेजका ब्रान्ड एम्वेसेडर पारस खड्कासंग समेत विद्यार्थीहरुले सम्वाद गर्ने अवसर पाएका थिए । विद्यार्थीहरुलाई क्रिकेटर खड्काले सकरात्मक उर्जा भरेका थिए । विद्यार्थीहरुले अटोग्राफ लिएर खड्कासंग खुशीयाली साटेका थिए ।कार्यक्रममा सहभागि सबै विद्यार्थीहरुलाई विभिन्न उपहारहरु प्रदान गरिएको थियो ।

नेपालका प्रमुख शहरहरु लगायत विश्वका १३ देशका ४५ भन्दा बढी शाखाहरुबाट सेवा संचालन गरिरहेको एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेजले वैदेशिक अध्ययनमा जान चाहने विद्यार्थीहरुलाई विगत दुई दशक देखि आधिकारिक र विश्वसनीय परामर्श प्रदान गर्दै आएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*