रुस र युक्रेनबीच आजपनि वार्ता हुदै

हेटौंडा खबर
१५ चैत्र २०७८, मंगलवार ११:५४

युक्रेन र रुसका प्रतिनिधिमण्डल आज फेरी पनि टर्कीमा भेटवार्ता हुदै छ । यी वार्तामा युक्रेनले आफ्नो भूभागको सार्वभौमसत्ता त्यागेर युद्धविरामको माग गर्दै आएको छ ।

इस्तानबुलमा हुने वार्ताका बारेमा युक्रेनका विदेशमन्त्री दिमित्रो कुलेबाले भनेका छन्- ‘हामी जनता, भूमि वा सार्वभौमसत्तासँग सम्झौता गर्दैनौं ।’ उनले युक्रेनको सरकारी टिभी च्यानललाई भने- ‘यो वार्ताको नतिजा कम्तिमा मानवीय मुद्दाहरूमा सहमति र धेरैजसो युद्धविराम हुन सक्छ ।’

तर युक्रेनको आन्तरिक मन्त्रालयका सल्लाहकार वादिम डेनिसेन्कोले वार्तामा कुनै सफलता आउनेमा आफू शंका गरेको बताएका छन्।

अमेरिकी विदेश मन्त्रालयका एक वरिष्ठ अधिकारीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन युद्ध अन्त्य गर्न कुनै सम्झौता गर्न इच्छुक नभएको भन्दै युक्रेन र रुसबीचको सम्बन्ध राम्रो हुने आशामा शंका व्यक्त गरेका छन् ।

यसैबीच, क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले अहिलेसम्म वार्तामा केही महत्वपूर्ण उपलब्धि नभएको तर वार्ता जारी रहनु महत्त्वपूर्ण रहेको बताए । यस अघि युक्रेन र रुसबीच आक्रमण जारी रहेकै बेला विभिन्न चरणमा प्रतिनिधि स्तरित र एक पटक विदेशमन्त्री स्तरीय वार्ता भएपनि ठोस नतिजामा भने पुग्न सकेका थिएनन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*