‘घर घरमा जाउ कांग्रेस जिताउ अभियान’ले राजनीतिक हलचल ल्याएको कांग्रेस नेता सिंहको दाबी

हेटौंडा खबर
१५ चैत्र २०७८, मंगलवार १२:३५

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले ‘घर घरमा जाउ कांग्रेस जिताउ अभियान’ले देशभर राजनीतिक हलचल ल्याएको बताएका छन् । कांग्रेसको घर घरमा जाउ कांग्रेस जिताउ अभियान अन्तरर्गत आज राजधानीको थानकोटमा चन्द्रागिरि नगर समितिले आयोजना गरेको कार्यक्रममा बोल्दै नेता सिहले कांग्रेसको अभियानले देशभर राजनीतिक हलचल ल्याएको दाबी गरेका हुन् ।

नेता सिंहले कांग्रेसको प्रतिस्पर्धा कम्युनिस्ट पार्टीसँग हुने भएकाले सालिन व्यक्तिलाई प्रतिस्पर्धामा खरो उतार्न पर्नेमा जोड दिए । २०४६ को परिवर्तन पछि मुलुक को बिकास जसरी हुनु पर्ने हो त्यो हुन नसक्नुको मुख्य बाधक नेकपा एमाले भएको समेत बताउँदै उनले नारा दिने तर काम नगर्ने पार्टी कम्युनिष्टहरु भएको कुरा लिएर जनता सामु पुग्नु पर्ने अहिलेको आवश्यकता रहेको सिंहले औंल्याए ।

कार्यक्रम मा बोल्दै केन्द्रीय प्रतिनिधि तथा कांग्रेस केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले काठमाडौको संगठन बलियो भयो भने देश भरको संगठन बलियो हुने भन्दै अब काठमाडौ ले नै मुलुक को नेतृत्व गर्ने अवसर आउने भएकाले यो अवसर नगुमाउन पनि आग्रह गरे । कांग्रेस केन्द्रीय सदस्य ध्यानगोबिन्द रन्जित, राजेन्द्र कुमार केसी काठमाडौ जिल्ला सभापति सबुझ बानियालगायतले उम्मेदवार हरुलाई जिताउन दिनरात नभनि खट्नु पर्ने बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*