परराष्ट्रमन्त्री खड्का र भारतीय समकक्षी जयशंकरबीच कोलम्बोमा भेटवार्ता

हेटौंडा खबर
१५ चैत्र २०७८, मंगलवार १३:११

श्रीलंकाको कोलम्बोमा परराष्ट्रमन्त्री नारायण खड्का र भारतीय समकक्षी एस जयशंकरबीच भेटवार्ता भएको छ ।

आर्थिक तथा प्राविधिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक)को मन्त्रिस्तरीय बैठकमा सहभागी हुन कोलम्बो पुगेको खड्का र जयशंकरबीच साइडलाइन भेटवार्ता भएको हो । दुवै मन्त्रीहरुबीच कनेक्टिभिटी, ऊर्जा, कृषि मल र स्वास्थ्यसम्बन्धी विषयमा कुराकानी भएको भारतीय विदेशमन्त्री जयशंकरले जानकारी दिएका छन् ।

‘हामीबीच रामायण सर्किटलाई अघि बढाउने विषयमा पनि जोड दिने विषयमा समेत छलफल भएको छ,’ भारतीय विदेशमन्त्रीले ट्विट गर्दै भनेका छन् । बिमस्टेकको १८ औं मन्त्रिस्तरीय बैठक कोलम्बोमा जारी छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*