एमालेको कार्यक्रमलगत्तै हतियार बुझाउन निर्देशन

हेटौंडा खबर
१५ चैत्र २०७८, मंगलवार १३:३६

जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले सर्वसाधारणलाई आफूसँग रहेका हातहतियार बुझाउन निर्देशन दिएको छ । प्रशासनले लाइसेन्स लिएर राखिएका हातहतियार समेत नजिकैका प्रहरी इकाइहरुमा चैत मसान्तभित्र बुझाउन निर्देशन दिएको हो ।

गृह मन्त्रालयको निर्देशनबमोजिम आगामी निर्वाचनलाई ध्यानमा राखेर हातहतियार बुझाउन सूचना जारी गरिएको जिल्ला प्रशासन कार्यालयले बताएको छ । निर्धारित समयभित्र नबुझाई अटेर गरेको पाइएमा त्यस्ता व्यक्तिको हातहतियार खोजतलास गरी कानुनबमोजिम कारबाही गरिने चेतावनीसमेत दिइएको छ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली हिजो कपिलवस्तु पुग्नुभएको थियो । त्यहाँ आयोजित कार्यक्रममा सांसद बृजेशकुमार गुप्तालगायत अन्य दलका नेता तथा कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् । संयोग हिजो एमालेको कार्यक्रम सम्पन्न गरिएलगत्तै जिल्ला प्रशासन कार्यालय हतियार बुझाउने सूचना प्रकाशित गरेको हो ।

यसमा तपाइको मत

Your email address will not be published.


*