प्रधानमन्त्री शेरबहादुर देउवाले ३ दिने भारत भ्रमण गर्ने

हेटौंडा खबर
१५ चैत्र २०७८, मंगलवार १४:४४

परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री शेरबहादुर देउवाले यही कार्तिक १८, १९ र २० गते भारत भ्रमण गर्ने जनाएको छ ।

मंगलबार मन्त्रालयमा गरिएको पत्रकार सम्मेलनमा बोल्दै मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले सो कुराको जानकारी दिएकी हुन् । साथै श्रीलंकामा भइरहेको विमेष्टक राष्ट्रहरुको पाँचौं सम्मेलनमा भोली प्रधानमन्त्री देउवाले भर्चुअल माध्यमबाट बैठकमा संवोधन गर्ने जानकारी दिइन् । परराष्ट्रमन्त्री नारायण खड्का सो बैठकमा सहभागी हुन कोलोम्बो पुगेको र ५ वटा सम्झौतामा हस्ताक्षर हुने तयारी रहेको छ ।

यस्तै गत फागुन ३० गतेदेखि चैत १ गतेसम्म साउदी अरेबियाका राजकुमार एवं विदेशमन्त्री फैसल बिन फहरानको नेपाल भ्रमणको क्रममा पहिलो पटक दुई देशका परराष्ट्रमन्त्री स्तरीय भेटघाट भएको लम्सालले बताइन् । विदेशमन्त्री फहरानले परराष्ट्रमन्त्रीका साथै प्रधानमन्त्री देउवासँग पनि भेटवार्ता गरेका थिए । साउदी अरेवियाले नेपाललाई उच्च महत्व दिएर सो भ्रमण भएको प्रवक्ता लम्सालले बताइन् ।

यस्तै चिनियाँ विदेशमन्त्री वाङ् यीको ३ दिने नेपाल भ्रमण दुई देशबिचको सम्बन्धमा नयाँ आयाम थप्न सफल भ्रमण भएको उनले बताइन् । पत्रकार सम्मेलनमा हालसम्म नेपालको १ सय ७५ देशसँग कुटनीतिक सम्बन्ध स्थापना भएको उल्लेख गर्दै नेपाल र दक्षिण सुडानकाबीच कुटनीतिक सम्बन्ध स्थापना अघि बढेको जानकारी दिइन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*