घटेको सेयर बजारमा कारोबार २ अर्बमुनि खुम्चियो

हेटौंडा खबर
१५ चैत्र २०७८, मंगलवार १५:२४

सेयर बजारको परिसूचक नेप्से २५२७ अंकमा झरेको छ । मंगलबार १४.२६ अंकले नेप्से घटेको हो ।

कारोबार रकम पनि घटेको छ । कुल १ अर्ब ७५ करोड रुपैयाँको कारोबार भयो । यसअघि सोमबार कुल २ अर्ब ५४ करोड रुपैयाँको कारोबार भएको थियो भने आइतबार ४ अर्ब ९८ करोड रुपैयाँको कारोबार भएको थियो ।

मंगलबार ५१ कम्पनीको मूल्य बढ्यो भने १३१ को घट्यो । ११ कम्पनीको भने स्थिर रह्यो । बैंकिङ ५, विकास बैंक २६, फाइनान्स १४, जलविद्युत् १६, जीवन बीमा २१९, उत्पादन १५, लघुवित्त ३४, निर्जीवन बीमा ७६ र अन्य उपसमूह २० अंकले घटे । होटल तथा पर्यटन समूह मात्रै २५ अंक बढ्यो ।

तीन कम्पनीको मूल्य १० प्रतिशतले बढेको छ । इमर्जिङ नेपाल, नेस्डो लघुवित्त र राष्ट्रउत्थान लघुवित्तको मूल्य १० प्रतिशतले बढेको हो । कारोबार रकमका आधारमा शिवम् सिमेन्ट, ग्लोबल आईएमई बैंक, नेपाल लाइफ इन्स्योरेन्स, जीवन विकास लघुवित्त र हिमालयन डिस्टिलरी क्रमश: अगाडि रहे ।

यसमा तपाइको मत

Your email address will not be published.


*