‘आरआरआर’ले पाँच दिनमै कमायो भारु १०० करोड

हेटौंडा खबर
१६ चैत्र २०७८, बुधबार १३:३६

निर्देशक एसएस राजमौलीको चलचित्र ‘आरआरआर’ले पाच दिनमै सय करोड भारतीय रूपैया कमाएको छ ।

यही २५ मार्चमा रिलिज भएको सो चलचित्रले पाँचौँ दिनसम्म भारतमा (मंगलबार) भारु १०० करोडको बक्स अफिस कलेक्सन गरेको हो । तर, यो कमाइ चलचित्रको हिन्दी भर्सनको कलेक्सन मात्रै हो ।

कोरोनाकालपछि रिलिज भएका चलचित्रमध्ये चाँडै १०० करोड कलेक्सन गर्ने चलचित्रको रेसमा ‘द कश्मीर फाइल्स’ र ‘गंगुबाई काठियावाडी’लाई आरआरआरले पछि पारेको छ ।

यसअघि, विवेक अग्निहोत्रीको ‘द कश्मीर फाइल्स’ र अक्षय कुमारको ‘सूर्यवंशी’ र आलियाको ‘गंगुबाई काठियावाडी’ले क्रमशः भारु १५.५ करोड र भारु १४.५१ करोड र भारु ८.१९ करोडको बक्स अफिस कलेक्सन गरेका थिए ।

आरआरआरले पहिलो दिनमै ‘बाहुबली–२’ को रेकर्ड तोड्न सफल भएको थियो ।

भारतमा मंलबार यो चलचित्र सबैभन्दा धेरै गुजरात, बिहार, उत्तर प्रदेश, राजस्थानमा चलेको थियो ।

जुनियर एनटीआर, रामचरण, आलिया भट्ट र अजय देवगन मुख्य भूमिकामा रहेको यो चलचित्र हिन्दी, तमिल, तेलूगु र कन्नाडा गरी चार भाषामा रिलिज भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*