राससको कार्यकारी अध्यक्ष हटाउने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश

हेटौंडा खबर
१६ चैत्र २०७८, बुधबार १३:४९

राष्ट्रिय समाचार समिति (रासस)का कार्यकारी अध्यक्ष हरिहर अधिकारी (श्यामल) लाई नहटाउन सर्वोच्च अदालतले आदेश दिएको छ।

सरकारले श्यामललाई हटाउन गरेको निर्णय कार्यान्वयन नगर्न न्यायाधीश हरि फुयालको एकल इजलासले अन्तरिम आदेश दिएको हो।

कार्यकाल तीन महिनाभन्दा कम बाँकी रहँदा श्यामललाई सरकारले हटाउने निर्णय चैत ६ गते गरेको थियो। तत्कालीन केपी ओली नेतृत्वको सरकारले उनलाई २०७५ असार ३ गते नियुक्त गरेको थियो।

ओली नेतृत्वको सरकारले गरेका नियुक्ति शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले एकपछि अर्को गरी हटाउँदै आएको छ।

यसमा तपाइको मत

Your email address will not be published.


*