त्रिदेशीय क्रिकेट शृंखलामा नेपालको दोस्रो जीत

हेटौंडा खबर
१६ चैत्र २०७८, बुधबार १५:५०

नेपाल, मलेसिया र पीएनजीबीचको त्रिदेशीय क्रिकेट शृंखलामा नेपालले लगातार दोस्रो जीत हात पारेको छ ।कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बुधवार भएको खेलमा नेपालले मलेसियालाई ६ विकेटले पराजित गरेको हो ।

मलेसियाले दिएको १ सय १५ रनको लक्ष्य नेपालले १३ ओभर ४ बलमा ४ विकेट गुमाएर पूरा गर्‍यो ।

नेपालको जीतमा ओपनर आसिफ शेखले ५७ रनको अर्धसतकीय पारी खेले ।उनका अलावा दीपेन्द्रसिंह ऐरीले २१, दिलिप नाथले अविजित १५ र रोहित पौडेलले १२ रनको योगदान गरे ।अन्य ब्याट्सम्यानले भने दोहोरो अंकमा रन बनाउन पाएनन् ।

यसअघि टस हारेर पहिले फिल्डिङको निम्तो पाएको नेपालका लागि कप्तान सन्दीप लामिछाने र करण केसीले समान २ तथा अविनाश बोहरा, दीपेन्द्रसिंह ऐरी र कुशल मल्लले १-१ विकेट लिएका थिए ।आफ्नो पहिलो खेलमा नेपालले पीएनजीलाई पराजित गरेको थियो ।

तीनै टीमले एकअर्काविरुद्ध २/२ खेल खेलेपछि शीर्ष दुई टोलीले फाइनलमा प्रतिस्पर्धा गर्नेछन् ।हाल नेपाल अंक तालिकाको पहिलो स्थानमा छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*