मोदी सरकारले बढायो सरकारी कर्मचारीको महंगी भत्ता

हेटौंडा खबर
१६ चैत्र २०७८, बुधबार १६:०७

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकारले केन्द्रीय कर्मचारीले पाउने महंगी भत्तामा ३% वृद्धि गरेको छ ।

सरकारले आगामी १ जनवरीदेखि लागू हुने गरी भत्ता बढाउने निर्णय गरेको छ । कर्मचारी र पेन्सनभोगीलाई ३४% महंगीभत्ता दिने निर्णय सरकारले गरेको छ । यसअघि ३१% भत्ता मिल्ने गरेको थियो ।महंगीभत्ता बढाएपछि सरकारलाई थप १० हजार करोड आर्थिक भार पर्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*