प्रधान सेनापति र गैर-आवसीय बंगलादेशी सैनिक सहचारीबीच भेटघाट

हेटौंडा खबर
१६ चैत्र २०७८, बुधबार १६:१४

प्रधान सेनापति प्रभुराम शर्मा र बंगलादेशका गैर-आवसीय सैनिक सहचारी महम्मद अब्दुल कलाम अजादबीच भेटवातार्ता भएको छ ।बुधबार जंङ्गी अड्डामा  शिष्टाचार भेटघाट भएको हो ।

भेटघाटमा दुई पक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो । यस किसिमको भेटघाटले दुई देशका सेनाबीच रहँदै आएको आपसी सम्बन्ध सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*