बिहीबार सुन-चाँदीको भाउ कति छ ?

हेटौंडा खबर
१७ चैत्र २०७८, बिहीबार १२:१९

बिहीबार सुनको भाउ तोलामा १०० रुपैयाँले बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला १०० रुपैयाँले बढेर ९८ हजार ९०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९८ हजार ४०० रुपैयाँ निर्धारण भएको छ ।

बुधबार छापावाल सुनको भाउ ९८ हजार ८०० रुपैयाँ कायम भएको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको ९८ हजार ३०० रुपैयाँ निर्धारण भएको थियो । बिहीबार चाँदीको भाउ भने प्रतितोला १० रुपैयाँले घटेर १३५० रुपैयाँ कायम भएको छ । बुधबार चाँदीको भाउ प्रतितोला १३६० रुपैयाँमा कारोबार भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*