बालुवाटारमा सुरु भयो सत्ता गठबन्धनको बैठक

हेटौंडा खबर
१७ चैत्र २०७८, बिहीबार १२:४६

प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता साझेदार पाँच दलका शीर्ष नेताहरुको बैठक सुरु भएको छ ।

यो बैठकमा आगामि स्थानीय तहको निर्वाचनको विषयमा छलफल हुने जनाइएको छ । बुधबार मात्र चितवनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आजको बैठकमा स्थानीय तहमा महानगरका उम्मेदवारको विषयमा तालमेल गर्ने मोडालिटीबारे छलफल हुने बताएका थिए ।

पाँच दलका गठबन्धनले स्थानीय तहको निर्वाचनमा तालमेल गर्ने तयारी गरेका छन् ।

केही दिनअघि मात्र सकिएको नेपाली कांग्रेसको केन्द्रीय कमिटी बैठकले चुनावमा स्थानीय तहमा आवश्यकताको आधारमा तालमेल गर्ने निर्णय गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*