कांग्रेसको चुनाव परिचालन समितिको बैठक बस्दै

हेटौंडा खबर
१७ चैत्र २०७८, बिहीबार १३:०६

नेपाली कांग्रेसको स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको बैठक बिहीबार पनि बस्दैछ ।

उपसभापति पूर्णबहादुर खड्का नेतृत्वको निर्वाचन परिचालन समितिमा सभापति शेरबहादुर देउवाले बुधबार उपसभापति, महामन्त्री र सहमहामन्त्रीसहित ५५ जना  सदस्य मनोनीत गरेपछि समितिको पूर्ण बैठक बस्न लागेको हो ।

मुख्यसचिव कृष्णप्रसाद पौडेलले सानेपास्थित केन्द्रीय कार्यालयमा दिउँसो २ बजे चुनाव परिचालन समितिको बैठक बस्ने जानकारी दिए । समितिले पूर्णता पाएपछि यो नै पहिलो बैठक हो । बैठकमा स्थानीय तह निर्वाचनको तयारी र टोल–टोलसम्म पार्टीको चुनाव प्रचार र परिचालनका विविध विषयमा छलफल हुने उनले बताए ।

यसअघि बुधबारै समितिका संयोजक एवम् उपसभापति खड्काले चुनाव परिचालन र गठबन्धनकै विषयमा प्रदेश सभापतिहरुसँग छलफल गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*