नेपालले पहिला ब्याटिङ गर्ने, आदिलको डेब्यु

हेटौंडा खबर
१७ चैत्र २०७८, बिहीबार १३:१२

त्रिदेशीय ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलामा नेपालले आज पपुवा न्युगिनी (पीएनजी)विरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पीएनजीले टस जितेर पहिले फिल्डिङ रोजेपछि नेपालले ब्याटिङ गर्ने भएको हो । पीएनजीविरुद्धको खेल नेपालको ५०औँ ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेल हो ।

पीएनजीलाई हराए नेपाल एक खेलअगावै फाइनल पुग्नेछ । पहिलो खेलमा नेपालले पीएनजीलाई १५ रनले हराएको थियो ।

नेपालले मलेसियाविरुद्ध खेलेको टोलीमा एक खेलाडी परिवर्तन गरेको छ । कुशल मल्लको स्थानमा नेपालले आदिल आलमलाई डेब्यु गराएको छ ।

नेपाली टिम 
सन्दीप लामिछाने (कप्तान), आरिफ शेख, कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, आसिफ शेख (विकेटकिपर), करण केसी, अविनाष बोहरा, दिलीप नाथ, रोहितकुमार पौडेल र आदिल आलम ।

यसमा तपाइको मत

Your email address will not be published.


*