स्थानीय निर्वाचनका लागियन्त्र बनाउने सत्ता गठबन्धनको निर्णय

हेटौंडा खबर
१७ चैत्र २०७८, बिहीबार १३:४९

आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि सत्ता गठबन्धनले प्रदेश, जिल्ला र गाउँपालिकास्तरीय संयन्त्र बनाउने भएको छ ।

बिहीबार बसेको सत्ता गठबन्धनको बैठकले त्यस्तो संयन्त्र बनाउने निर्णय गरेको काँग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले बैठकपछि जानकारी दिए । ‘आगामी वैशाख ३० गते हुने निर्वाचनमा तालमेल गरेर जाने निर्णय भएको छ ।

त्यसका निमित्त दलहरूका प्रदेशमा प्रदेश इन्चार्ज, जिल्लामा जिल्ला स्तरीय नेता र गाउँपालिकामा पनि प्रमुखहरुको संयन्त्र बन्छ’, सञ्चारमन्त्री समेत रहेका कार्कीले भने ।  तीनै तहका संयन्त्रले वस्तुगत तथ्य पेश गरेपछि त्यसबारे थप निर्णय गर्ने बताए ।उनले ती संयन्त्रलाई आगामी चैत २२ गतेभित्र प्रतिवेदन पेश गर्न निर्देशन दिएको पनि जानकारी दिए  ।

कार्कीका अनुसार आगामी स्थानीय तह निर्वाचनमा पाँच दलीय गठबन्धन मिलेरै चुनावमा जाने निर्णय भएको पनि जानकारी दिए ।यसैगरी नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले चुनावमा एक भएर जाने सहमति भएको बताउँदै देशभरका ६ महानगरको उम्मेदवारको टुंगो केन्द्रीय गठबन्धनले नै टुंगो लगाउने सहमति भएको बताए ।

‘स्थानीय निर्वाचनमा एकताबद्ध भएर जाने सहमति भएको छ ।  महानगरको निर्णय माथिबाट  टुंगो लगाइनेछ’, बैठकबाट बाहिरिने क्रममा उनले भने ।

यसमा तपाइको मत

Your email address will not be published.


*