एमाले अध्यक्ष ओली कालिकोट प्रस्थान

हेटौंडा खबर
१७ चैत्र २०७८, बिहीबार १३:५९

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली कालिकोटतर्फ प्रस्थान गरेका छन् ।

बिहीबार बिहान दैलेखको दुल्लु नगरपालिका पुगेका ओली कार्यकर्तासँगको भेटघाटपछि कालिकोटतर्फ प्रस्थान गरेका हुन् ।

बिहीबार नै कालिकोटको मान्म र जुम्लाको सिँजा उपत्यकामा ओलीले कार्यकर्ता सम्बाेधन गर्ने कार्यक्रम रहेको दुल्लु नगरपालिका दैलेखकी उपप्रमुख विष्णु थापाले जानकारी दिइन् ।

जुम्लाको सिँजामा नेकपा विप्लव समूहका नेता राज्य समिति सदस्य रामप्रसाद शर्मा र नेपाली कांग्रेस प्रदेश ‘ख’ का उपसभापति दानसिंह खत्री लगायतका सयौं नेता कार्यकर्तालाई एमाले भित्राउने कार्यक्रम छ । यसका साथै कालिकोटमा पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाहीका प्रमुख स्वकीय सचिव कृष्णप्रसाद आचार्यसहित चार सयभन्दा बढी नेता कार्यकर्तालाई एमालेमा प्रवेश गर्नेलाई ओलीले स्वागत गर्ने समेत कार्यक्रम रहेको थापाले बताइन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*