प्रधानमन्त्रीको भारत भ्रमण टोलीमा स्वास्थ्यसचिव पनि

हेटौंडा खबर
१७ चैत्र २०७८, बिहीबार १४:०८

प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण टोलीमा स्वास्थ्यमन्त्रीसँगै स्वास्थ्यसचिव पनि सहभागी हुने भएका छन् ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री मन्त्रालयका एक अधिकारीका अनुसार भोलिदेखि हुने प्रधानमन्त्रीको औपचारिक भ्रमणमा स्वास्थ्यमन्त्री विरोध खतिवडासँगै सचिव डा. रोशन पोखरेल पनि भारत जान लागेका हुन् ।

यद्यपि, भ्रमणका क्रममा स्वास्थ्यबारे के–के एजेन्डा प्रस्तुत गर्ने भन्ने विषयमा यकिन नभएको ती अधिकारीले बताए ।

तीनदिने भ्रमणमा प्रधानमन्त्रीसँगै परराष्ट्रमन्त्री डा. नारायण खड्का, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल, कृषि तथा पशुपन्छी विकासमन्त्री महिन्द्रराय यादव र स्वास्थ्यमन्त्री खतिवडालगायत सहभागी हुँदै छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*