शहीद स्मारक बी डिभिजन लिगमा खुमलटारको जीत

हेटौंडा खबर
१७ चैत्र २०७८, बिहीबार १४:३०

शहीद स्मारक बी डिभिजन लिग फूटबल प्रतियोगितामा खुमलटार युथ क्लब विजयी भएको छ । सातदोबाटोस्थिन एन्फा (अखिल नेपाल फूटबल संघ) कम्प्लेक्समा बिहीवार भएको खेलमा खुमलटारले भगवती यथ क्लबलाई ४–२ गोल अन्तरले पराजित गर्दै विजयी भएको हो ।

खेलको २१औं मिनेटमा दिवस छन्त्यालले गोल गर्दै खुमलटारलाई पहिलो अग्रता दिलाए । खेलको ३१औं मिनेटमा भगवती युथ क्लबका खेलाडी सन्तोष केसीले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।

त्यसपछि खेलको ५५औं मिनेटमा दिवसले व्यक्तिगत दोस्रो गोल गर्दै खुमलटारलाई २–१ को अग्रता दिलाए ।

खेलको ८३औं मिनेटमा सुरज बस्नेतले गोल गर्दै खुमलटारलाई ३–१ को अग्रता दिलाए । खेलको ८९औं मिनेटमा प्रशन्न श्रेष्ठले गोल गर्दै खुमलटारको अग्रता ४–१ को बनाए । त्यसपछि खेलको दोस्रो हाफको अत्तिरिक्त समयमा भगवती युथका राजु गुरुङले गोल गरेपनि खुमलटार ४–२ ले विजयी भयो ।

जीतसँगै खुमलटारले १० खेलमा १५ अंक जोडेको छ । यता पराजित भगवतीले समान १० खेलमा १४ अंक जोडेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*