शेयर बजार २४ अङ्कले घट्यो, १ अर्ब ८९ करोड रुपैयाँको कारोबार

हेटौंडा खबर
१७ चैत्र २०७८, बिहीबार १५:३९

काराेबार हुने हप्ताको अन्तिम दिन शेयर बजार आज बिहीवार दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज २३ दशमलव ९५ अङ्कले घटेर दुई हजार पाँच सय ४४ दशमलव ३० विन्दुमा झरेको छ  ।

आज व्यापारबाहेक अरू सबै समूहको शेयर घटेकोमा विकास बैंक, फाइनान्स र बीमा समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।

यस्तै दुई सय २८ कम्पनीका ३७ लाख ८७ हजार कित्ता शेयर एक अर्ब ८९ करोड रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै इमर्जिङ नेपाल कम्पनीको नौ करोड २३ लाख रुपैयाँको शेयर किनबेच भयो ।आज नारायणी विकास बैंक र युनाइटेड मोदी जलविद्युत् कम्पनीको शेयर साढे चार प्रतिशतभन्दा धेरैले घटेको छ ।

समग्र बजार घटे पनि राष्ट्र उत्थान र नेष्डो समृद्ध लघुवित्त तथा इमर्जिङ नेपाल कम्पनीको शेयर १० प्रतिशतले बढेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*