भारतमा प्रतिसिलिण्डर २५० ले बढ्यो ग्यासको मूल्य

हेटौंडा खबर
१८ चैत्र २०७८, शुक्रबार १३:२०

भारतमा खाना पकाउने ग्यासको मूल्य बढेको छ ।

प्रतिसिलिन्डर २५० भारतीय रूपैयाँले ग्यासको मूल्य बढेको हो । तर, घरेलु प्रयोजनका सिलिन्डरको मूल्यमा भने कुनै थपघट गरिएको छैन । बढेको मूल्य १९ किलोवाला व्यापारिक सिलिन्डरमा मात्रै लागू हुने भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।अब व्यापारिक सिलिन्डर दिल्लीमा २५५३ भारूमा पाइनेछ ।

भारतमा पछिल्लो १० दिन लगातार बढेको पेट्रोल र डिजेलको मूल्यमा भने थपघट गरिएको छैन ।

यसमा तपाइको मत

Your email address will not be published.


*