रुसले भारी छुटमा भारतलाई तेल उपलब्ध गराउने

हेटौंडा खबर
१८ चैत्र २०७८, शुक्रबार १४:४३

रुस र युक्र्रेनबीच चलिरहेको युद्धका कारण कच्चा तेलको मूल्य आकासिएको बेलामा रुसले भारतलाई सस्तो मूल्यमा तेल उपलब्ध गराउने भएको छ । रुसमाथि पश्चिमले लगाएको प्रतिबन्धका कारण उसले खुलेर तेल निर्यात गर्न पाएको छैन । त्यसैले भारतको जस्तो ग्राहकलाई रुसले सस्तोमा तेल बेच्ने भएको हो ।

भारतलाई प्रतिब्यारलमा ३५ डलरको छुट सहित रुसले तेल बेच्न सक्ने खबर आएको छ । रुसले तत्कालका लागि १ करोड ५० लाख ब्यारल तेल उपलब्ध गराउनेछ ।

अन्तर्राष्ट्रिय स्तरमा तेलको भाउ आकासिएको बेलामा यो छुट ४५ प्रतिशतसम्म बढाउन सकिन्छ ।

रुसले भारतलाई छुट मूल्यमा तेल उपलब्ध गराउने मात्र नभई तेल र ग्यासको भुक्तानी रुबलमा गर्ने विषयमा पनि रुसले छुट दिने भएको छ । डलर भुक्तानी बन्द गरिएपछि रुसको केन्द्रीय बैंकले पेमेन्टका लागि नयाँ सिस्टम विकसित गरेको छ । रुसको मेसेजिङ सिस्टम एसपीएफएस उपयोग गरेर भारतले रुपया र रुबलमा भुक्तानी गर्न सक्नेछ । रुसी मुद्रा रुबल भारतीय बैंकमा डिपोजिट गरिनेछ र त्यसलाई भारतीय रुपयामा कन्भर्ट गरिनेछ ।

त्यसैगरी रुपयालाई रुबलमा बदलेर भुक्तानी गरिनेछ ।

तर भारत सरकारले यस प्रस्तावमा कुनै निर्णय लिएको छैन ।

यसमा तपाइको मत

Your email address will not be published.


*