सहकारी दिवसको अवसरमा रक्तदान कार्यक्रम

हेटौंडा खबर
१८ चैत्र २०७८, शुक्रबार १६:२७

राष्ट्रिय सहकारी दिवसको अवसरमा शुक्रबार हेटौंडामा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । ६५ औं सहकारी दिवसको अवसरमा बागमती प्रदेश मूल समारोह समितिद्वारा आयोजित तीन दिवसीय कार्यक्रमअन्तर्गत पहिलो दिन रक्तदान कार्यक्रमको आयोजना गरिएको हो ।

हेटौंडाको बुद्धचोकमा भएको रक्तदान कार्यक्रममा २५ जनाले रक्तदान गरेका छन् । कार्यक्रम मकवानपुर जिल्ला बचत तथा ऋण सहकारी संघको अध्यक्ष कल्पना श्रेष्ठको सभाध्यक्ष तथा बागमती प्रदेश सरकारको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव बलराम निरौलाको प्रमुख आतिथ्यमा भएको हो ।

रक्तदान कार्यक्रममा बागमती प्रदेश सरकारअन्तर्गतको सहकारी बोर्डका कार्यकारी उपाध्यक्ष नारायणप्रसाद देवकोटासहित विषयगत सहकारी संघका अध्यक्ष तथा पदाधिकारी, प्रारम्भिक सहकारी संस्थाका पदाधिकारी तथा कर्मचारी, सहकारी अभियन्ता, सहकारीकर्मीको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*