सुनको भाउ आइतबार चार सय रुपैयाँले घट्यो

हेटौंडा खबर
२० चैत्र २०७८, आईतवार ११:३६

सुनको भाउ आइतबार चार सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको भाउ तोलाको  ९९ हजार तीन सय रुपैयाँ कायम भएको छ ।यसअघि, शुक्रबार सुन तोलाको ९९  हजार सात सय रुपैयाँमा कारोबार भएको थियो ।

आइतबार तेजाबी सुनको भाउ तोलाको ९८ हजार आठ सय रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ भने स्थिर रहको छ  ।

शुक्रबार एक हजार तीन सय ६० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार पनि सोही मूल्यमा किनबेच भइरहेकाे महासंघले जनाएकाे छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*