पहिलो जितको खोजीमा चेन्नई

हेटौंडा खबर
२० चैत्र २०७८, आईतवार ११:५४

इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेट अन्तर्गत साविकको विजेता चेन्नई सुपर किङ्सले आज (आइतबार) पन्जाब किङ्ससँग प्रतिस्पर्धा गर्दैछ ।  मुम्बईमा हुने चेन्नई र पन्जाबबीचको खेल नेपाली समय अनुसार साँझ ७ः ४५ बाट सुरु हुनेछ । लिगमा दुई खेल खेलेको चेन्नई आजको खेलमा पहिलो जित निकाल्ने योजनामा हुनेछ ।

पहिलो खेलमा कोलकाता नाइड राइडर्ससँग पराजित भएको चेन्नई दोस्रो खेलमा लखनउ सुपर जाइन्टसँग पराजित भएको थियो । सविकको विजेता टोली पहिलो जित निकाल्दै प्रतियोगितामा आफूलाई बलियो बनाउने योजनामा हुनेछ ।

यता पन्जाब दोस्रो जितको खोजीमा हुनेछ । पहिलो खेलमा रोयल्स च्यालेन्जर्स बैंगलोरमाथि सहज जित निकाल्दै प्रतियोगिताको सुखद सुरुवात गरेको पन्जाब दोस्रो खेलमा कोलकाता नाइड राइडर्ससँग ३ विकेटले पराजित भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*