नेप्सेमा कर्मचारी ट्रेड युनियन गठन

हेटौंडा खबर
२० चैत्र २०७८, आईतवार १२:५६

नेपाल स्टक एक्सचेन्ज ९नेप्से० मा कर्मचारी ट्रेड युनियन गठन भएको छ । नवराज थापाको अध्यक्षतामा नेप्सेमा ‘नेप्से कर्मचारी संघ’ को नाममा ट्रेड युनियन गठन भएको हो ।

गत पुस ३० गते भएको नेप्सेका कर्मचारीहरुको भेलाले ट्रेड युनियन गठन गर्ने निर्णय गरेको थियो । सोही निर्णयबमोजिम श्रम तथा रोजगार कार्यालयमा गत चैत १६ गते नेप्से कर्मचारी संघको नाम ट्रेड युनियन गठन गरिएको हो ।

संघको उपाध्यक्षमा मना भुसाल, सचिवमा रमेशप्रसाद लामिछाने र कोषाध्यक्षमा सावित्रा केसी छन् । संघका आकृति दंगाल, नितुकुमारी यादव र कृपा श्रेष्ठ सदस्य छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*