औषधि आयात ठप्प पार्ने औषधि व्यवसायी संघको चेतावनी

हेटौंडा खबर
२० चैत्र २०७८, आईतवार १३:४८

नेपाल औषधि व्यवसायी संघ (एनसीडीए)ले वैशाख १ गतेदेखि औषधि आयात ठप्प गर्ने चेतावनी दिएको छ ।

नेपाल औषधि व्यवसायी संघ (एनसीडीए)ले वैशाख १ गतेदेखि औषधि आयात ठप्प गर्ने चेतावनी दिएको छ। सरकारले माग सुनुवाइ नगरेको भन्दै वैशाख १ गतेदेखि औषधि आयातमा रोक्ने निर्णय गरेको हो ।शनिबार बसेको बैठकले यसअघि पेश भएको मागको सम्वन्धमा कुनै सुनुवाई नभएको भन्दै आयात ठप्प गर्ने निर्णय गरिएको संघका अध्यक्ष मृगेन्द्रमेहर श्रेष्ठले बताए ।औषधि निर्यात गर्ने मुलुकको एमआरपी मूल्य अनुसार समायोजन हुनुपर्ने माग रहेको श्रेष्ठले बताए।

आयातित औषधिमा कन्ट्री अफ ओरिजिन अनुसार त्यहाँको एमआरपी जे छ नेपालमा पनि त्यही एमआरपीमा पैठारी सिफारिस पत्र नवीकरण गर्नपाउनु पर्छ भन्ने हो,’ श्रेष्ठले भने,’ सरकारले ९६ वटा औषधिको मूल्य तोकेको छ त्यसबाहेकका औषधिहरुको मूल्य कन्ट्री अफ ओरिजिन अर्थात जहाँबाट औषधि उत्पादन हुन्छ त्यहाँको मूल्य अनुसार बेचबिखन गर्न पाउनुपर्छ ।’विभागले नविकरण गर्दा अनुसूची ७ जो छ कमिटेड प्राइस पेश गर्न लगाउने र त्यसको समायोजन नगर्ने असहज परिस्थिति सिर्जना गरेका उनको भनाइ छ ।

यसअघि संघले २७ फागुनमा औषधि व्यवस्था विभागमा महानिर्देशक भरत भट्टराईलाई माग सम्वोधन गर्न ३० दिने अल्टिमेटमसहित ज्ञापन पत्र बुझाएको थियो ।‘संघले स्वास्थ्य मन्त्रालय, औषधि सेवा विभागलाई २५ बुँदे माग पेश गरेका थियौँ । त्यसयता सरकारका सबै निकायको ध्यानाकर्षण गरायौँ । आफ्ना मागबारेमा जानकारी गरायौँ तर हालसम्म पनि सुनुवाई भएन । त्यसकारण हामीले यो कदम चालेका हौ,’ श्रेष्ठले भने ।नेपालमा बिक्री बितरण हुने करीब ५५ प्रतिशत औषधिहरु विदेशबाट आयात हुन्छन् । त्यसमा जीवन रक्षक, आईसीयूमा प्रयोग हुने औषधि छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*