आयल निगमले भन्यो : आजदेखि इन्धन आपूर्ति सहज हुन्छ

हेटौंडा खबर
२० चैत्र २०७८, आईतवार १३:५३

नेपाल आयल निगमले पम्पहरुमा अत्यावश्यक बाहेकको अवस्थामा लाइन नलाग्न सर्वसाधारणलाई आग्रह गरेको छ ।

व्यवसायी र निगम बीचको समझदारी पछि देशभरका बिक्रेताहरुले ढुवानी सुरु गरेको र ढिलोमा आइतबार दिउँसो तीन बजेसम्म वितरण सहज हुने निगमका सहायक प्रवक्ता पुष्करकुमार कार्कीले बताए ।

उपत्यकासहित देशैभरका डिलरहरुले बिहान ८ बजेदेखि नै इन्धन उठाउन सुरु गरेको उनले बताए । ‘इन्धन उठेको छ, पम्पहरुमा अनलोडका लागि केही समय लाग्ला, दिउँसो तीन बजेदेखि पम्पहरुबाट वितरण सहज हुन्छ,’ सहप्रवक्ता कार्कीले भने ।

काठमाडौं उपत्यका, गण्डकी, लुम्बिनी, विराटनगर, अमलेखगञ्जसहितका सबै ठूला सहरका डिपोहरुबाट तेल उठिरहेको कार्कीले बताए । कुन ठाउँबाट कति तेल पम्पमा गयो भन्ने विवरण भने बिलिङ नसकिएका कारण उपलब्ध हुन नसकेको उनले बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*