हेटौंडा सिमेन्ट उद्योगको महाप्रबन्धकका लागि अन्तर्वार्ता सुरु

हेटौंडा खबर
२० चैत्र २०७८, आईतवार १३:५९

गत पुसदेखि रिक्त हेटौंडा सिमेन्ट उद्योगको महाप्रबन्धकका लागि १२ उम्मेदवार अन्तिम प्रतिस्पर्धामा देखिएका छन् ।

स्वीकृत निवेदन तथा योग्यता पुगेका उम्मेदवारलाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले व्यावसायिक कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्ता लिन सुरु गरेको छ । गत २६ माघ को सूचनाअनुसार रिक्त पदका लागि आवेदन दिएका र पछिल्ला चरणको छनोटका लागि स्वीकृत उम्मेदवारहरु मध्ये ८ जनालाई कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि बोलाइएको छ ।

आइतबार प्रतिस्पर्धीहरु उदयकुमार गुप्ता, कुमार खड्का, कृष्णप्रसाद यादव, घनश्याम न्यौपाने, दिनेशकुमार यादव, नवीनकुमार कर्ण, बसन्तकुमार पाण्डे र भरत रेग्मीले कार्ययोजना प्रस्तुत गर्दैछन् भने आजै मन्त्रालयले उनीहरुको अन्तर्वार्ता पनि लिने तालिका छ ।

यस्तै भुपेन्द्रप्रसाद अर्याल, राजकुमार चौधरी, रामकिसुन गिरी र सन्तोषकुमार तामाङको कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्ता सोमबारका लागि तय भएको मन्त्रालयले जनाएको छ । उनीहरुमध्ये उत्कृष्ट तीन जनाको नाम मन्त्रालय अन्तर्गतको छनोट समितिले नियुक्तिका लागि मन्त्रिपरिषद्मा सिफारिस गर्नेछ ।

यसमा तपाइको मत

Your email address will not be published.


*