आजदेखि रमजानको व्रत शुरु

हेटौंडा खबर
२० चैत्र २०७८, आईतवार १४:०५

मुस्लिम धर्मावलम्बीको पवित्र महिना रमजान आजदेखि शुरु भएको छ । राष्ट्रिय मदरसा सङ्घ नेपालले प्रेस विज्ञप्ति जारी गरी आजदेखि रमजानको व्रत शुरु भएको जानकारी दिएको छ ।

पवित्र महिना रमजानमा मुस्लिम धर्मावलम्बी रमजान ३० दिनसम्म रोजा व्रत बसी इबादत अल्लाहसँग प्रार्थना र आफूले गरेको गल्तीको पश्चाताप गरी क्षमायाचना माग्ने चलन रहिआएको  राष्ट्रिय मदरसा सङ्घ नेपालका महासचिव मौलाना मशहुद खाँ नेपालीले जानकारी दिए ।

रमजानमा गरिब परिवारमा दान दक्षिणा सदका जकातसमेत दिइने चलन छ । जामिया सिराजुलवलुम अलसल्फिया झण्डानगरको  रमजान महिनामा रोजा बस्ने समयसरणीअनुसार यसपालि लगभग १४ घण्टा निराजल व्रत राख्नुपर्छ ।

छिमेकी मित्र राष्ट्र भारतका विभिन्न सहरमा रमजान महिनाको चन्द्रदोदय देखिएका कारणले नेपालमा पनि चैत १९ गते तराबिह नमाज पढ्ने र चैत २० गतेदेखि व्रत बस्ने जानकारी राष्ट्रिय मदरसा सङ्घ नेपालले दिएको छ ।

राष्ट्रिय मदरसा सङ्घ नेपालका अध्यक्ष डा अब्दुल गनी अलकुफी अनुसार नेपालमा कोभिड–१९ महामारी न्यून रहेका कारणले धार्मिक स्थल खुल्ला रहेको छ । यो पवित्र महिना रमजानको इबादत प्रार्थना गर्न मस्जिदमा पुगी इबादतका लागि अनुरोध गरेका छन् ।

पवित्र रमजान महिनामा इबादत गर्नाका साथसाथै आफूले वर्षभरि कमाएको हलाल रुपैयाँमा २.५ पतिशत जकात (दान) दिई गरिब परिवारलाई सहयोग गर्ने सङ्घका महासचिव खाँ नेपालीले बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*