चीनमा एकैदिन थपिए १३ हजार कोरोना संक्रमित

हेटौंडा खबर
२० चैत्र २०७८, आईतवार १६:०३

चीनमा एकैदिन १३ हजार बढी कोरोना संक्रमित थपिएका छन् ।

आइतबार थपिएका १३ हजार १ सय ४६ जना संक्रमित चीनमा पहिलो लहरपछिको उच्च संख्या हो ।पछिल्लो समयमा चीनमा नयाँ भेरियन्ट ओमिक्रोन १५ भन्दा बढी प्रान्तहरुमा फैलिइसकेको छ ।

१३ हजार संक्रमित मध्ये १४ सय जनामा लक्षण देखिएको एजेन्सीले जनाएको छ । चीनमा कोभिड प्रभावित प्रान्तका शहरमा सरकारले कडाइ गर्न सुरु गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*