वैशाख १ देखि उच्च र जिल्ला अदालतबाट अनलाइन तारिख लिन सकिने

हेटौंडा खबर
२० चैत्र २०७८, आईतवार १६:१९

विशेष अदालतले अनलाइन माध्यमबाटै तारिख लिन पाउने व्यवस्था आगामी वैशाख १ गतेबाट लागु गर्ने भएको छ । विशेष अदालको चैत १३ गते बसेको पूर्ण बैठकको निर्णयअनुसार आगामी वैशाख १ गतेदेखि सेवाग्राहीले आफूलाई पायक पर्ने उच्च वा जिल्ला अदालत पुगेर अनलाइन तारिख बुझ्न पाउनेसम्बन्धी सूचना आज जारी गरेको हो ।

“यस अदालतको पूर्ण बैठकको मिति २०७८ चैत १३ को निर्णयाअनुसार २०७९ वैशाख १ गतेदेखि पक्षले चाहेमा आफूलाई पायक पर्ने उच्च अदालत तथा जिल्ला अदालतहरूबाट अनलाइन तारिख लिन पाउनेगरी निर्णय भएबमोजिम मुद्दाका पक्षहरूलाई पायक पर्ने अदालतबाट विद्युतीय माध्यमबाट तारिख उपलब्ध गराउने प्रयोजनका लागि सर्वोच्च अदालतबाट जारी सूचना प्रविधिको प्रयोगबाट तारिख लिने सम्बन्धी निर्देशिका, २०७२ बमोजिम देहायका समन्वयकर्ता र सम्पर्क व्यक्ति तोकिएको बेहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ,” विशेष अदालतद्वारा जारी सूचनामा भनिएको छ, “सूचना प्रविधिको प्रयोगबाट तारिख लिन इच्छुक सेवाग्राहीले पेस गर्नुपर्ने उल्लिखित निर्देशिकाको अनुसूची–२ बमोजिमको फारमको ढाँचा पिडिएफ फम्र्याटमा यसैसाथ संलग्न छ ।”

विशेष अदालतले समन्वयकर्ताको नाम र नम्बर समेत सूचनामा सार्वजनिक गरेको छ ।

समन्वयकर्ताका रूपमा शाखा अधिकृत भुपेन्द्र उपाध्याय (सुपरीवेक्षक)लाई मोबाइल नम्बर ९८४१९८०१२७, शाखा अधिकृत यज्ञराज रेग्मीको मोबाइल नम्बर ९८५११९८२५८ मा सम्पर्क गर्न सकिने भनेको छ भने अनलाइन माध्यमको प्राविधक सहयोगका लागि  प्राविधिक टामलाल भुसालको मोबाइल नम्बर ९८४१२०९०९३ गर्न सकिने व्यवस्था गरेको छ ।विषेश अदालतले यसको जानकारी सर्वोच्च अदालतलाई पनि गराएको छ ।  यसको सूचना सर्वोच्च अदालतलेसमेत सार्वजनिक गरिसकेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*