विवेकशील साझा पार्टीद्वारा तराजु चुनाव चिन्ह लिएर उम्मेदवार बन्न आह्वान

हेटौंडा खबर
२० चैत्र २०७८, आईतवार १६:३१

विवेकशील साझा पार्टीले तराजु चुनाव चिन्हबाट चुनावमा प्रतिस्पर्धा गर्नका लागि प्रस्ताव पेश खुल्ला आह्वान गरेको छ ।

आइतबार सो पार्टीले एक सूचना जारी गरी  प्रस्ताव पेश गर्न खुल्ला आह्वान गरेको हो ।जारी सूचनामा आगामी वैशाख ३० गते हुने स्थानीय तहको  निर्वाचनमा देशभरबाट सक्षम र इमानदार व्यक्तिहरुलाई पार्टीको तराजु चुनाव चिन्हबाट प्रतिस्पर्धाका लागि प्रस्ताव पेश गर्न आह्रवान गरिएको छ ।

प्रस्ताव पेश गर्नका लागि सो पार्टीले व्यक्तिगत (छोटो र सजिलो फारम) समेत उपलव्ध गराएको छ । सूचनामा यदि फारम भर्न समस्या परेमा पार्टीका ७ वटै प्रदेश प्रमुखहरुसँग सम्पर्क गर्न समेत आग्रह गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*