अमेरिकामा सशस्त्र भिडन्त,६ जनाको मृत्यु

हेटौंडा खबर
२१ चैत्र २०७८, सोमबार १३:००

क्यालिफोर्निया राज्यको राजधानी साक्रामेन्टोमा सशस्त्र भिडन्त हुँदा छ जनाको ज्यान गएको छ । उक्त घटनामा कम्तीमा नौ जना घाइते भएको स्थानीय प्रहरीले जनाएको छ ।

प्रहरीले ट्वीटमार्फत् भनेको छ, ‘घटनामा कम्तीमा १५ जनालाई गोली लागेको छ । तीमध्ये छ जनाको मृत्यु भएको छ ।’उक्त घटना स्थानीय समयअनुसार आइतवार बिहानै भएको हो । भिडन्तपछि त्यहाँका अधिकांश सडक बन्द गरिएको थियो । पछिल्लो समय अमेरिकामा गोली आक्रमणको घटना ह्वात्तै बढेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*