कोभिड-१९ अब पूर्ण खोप लगाएको तीन महीनामै बुस्टर डोज थप सामग्री

हेटौंडा खबर
२१ चैत्र २०७८, सोमबार १३:२१

कोभिड-१९ विरुद्ध पूर्ण खोप लगाएको तीन महीनामै बुस्टर डोज लगाउन पाइने भएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पूर्ण खोप लगाएको तीन महीना बुस्टर डोज दिने निर्णय गरेको छ। राष्ट्रिय खोप सल्लाहकार समितिको सिफारिशका आधारमा यो निर्णय गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

यसअघि पूर्ण खोप लगाएको ६ महीनापछि मात्रै बुस्टर डोज दिने गरिएको थियो। अहिलेसम्म २२ लाख १४ हजार १४० जनाले बुस्टर डोज लगाएका छन्।

त्यस्तै, एक करोड ९१ लाख ६५ हजार २७४ जनाले पूर्ण खोप लगाइसकेका छन्। पहिलो डोज लगाउनेको सङ्ख्या पनि एक करोड ८७ लाख ७९ हजार ४८८ पुगेको छ।

स्वास्थ्य मन्त्रालयले नजिकको स्वास्थ्य संस्थामा गएर खोप लगाउन आग्रह गरेको छ। यससँगै पूर्ण खोप लगाएका व्यक्तिलाई बुस्टर डोज लगाउन पनि मन्त्रालयले अनुरोध गरेको छ।

 

यसमा तपाइको मत

Your email address will not be published.


*