सुनचाँदीकै मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

हेटौंडा खबर
२१ चैत्र २०७८, सोमबार १३:३५

नेपाली बजारमा आज सुनचाँदीकै मूल्य घटेको छ ।

छापावाल सुन आज प्रतितोला ६ सय रूपैयाँले घटेर ९८ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।त्यस्तै, तेजाबी सुनको मूल्य पनि ६ सय रूपैयाँले घटेर ९८ हजार २ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य आज १० रुपैयाँले घटेर तोलाको १३ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*