गठबन्धनको विरोध गर्ने कांग्रेस नेतालाई एक्लै चुनाव जित्न माधव नेपालको चेतावनी

हेटौंडा खबर
२१ चैत्र २०७८, सोमबार १४:०५

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले गठबन्धनको विरोध गर्ने नेपाली कांग्रेसका नेतालाई एक्लै चुनाव लडेर जित्न चेतावनी दिएका छन्।

सोमबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष नेपालले गठबन्धनको विषयमा कांग्रेसभित्र दुई धार देखिएको बताए। “स्थानीय तहको चुनावमा गठबन्धन गरेर जाने कुरामा काग्रेसभित्र प्रष्टसँग दुई धार देखिएको छ,” अध्यक्ष नेपालले भने, “गठबन्धनको विपक्षमा रहेका कांग्रेसका सार्थीहरूलाई एक्लै चुनाव जितेर देखाउन म आग्रह गर्छु।”

चुनावमा राम्रो मान्छेले पनि हार्ने गरेको विगत रहेको उनले स्मरण गरे। एक्लै जित्ने दम्भमा गठबन्धनको विरोध नगर्न आग्रह गर्दै नेपालले भने, “राम्रो मान्छे पनि चुनाव हारेको इतिहास छ।”

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई हराउनका लागि पाँच दलीय गठबन्धन तालमेल गरेर जान लागेको उनको भनाइ थियो। ओली देश, लोकतन्त्र र संविधानका निम्ति घाँडो भएको उनको टिप्पणी थियो।

“आली प्रगति र परिवर्तनको विरोधी शक्ति हुन्,” नेपालले भने, “वामपन्थीको खास्टो ओढेर अधिनायकवादका रुपमा उदय भएका ओलीलाई स्थानीय तहको चुनावबाटै परिर्वतनशील शक्तिले परास्त गर्न जरुरी छ।

यसमा तपाइको मत

Your email address will not be published.


*