गणेशमान चारनाथकी उपमेयर र शहीद रामवृक्षका भाइ एमालेमा प्रवेश

हेटौंडा खबर
२१ चैत्र २०७८, सोमबार १४:२१

धनुषाको गणेशमान चारनाथ नगरपालिकाकी उपमेयर मीना कुमारी यादव नेकपा एमालेमा प्रवेश गरेकी छन् ।

माओवादी केन्द्रबाट २०७४ सालको निर्वाचनमा २६१० मत प्राप्त गरी निर्वाचित भएकी यादव सोमबार अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर एमालेमा प्रवेश गरेकी हुन् ।

सोही कार्यक्रममा माओवादी केन्द्रका नेता तथा शहीद रामवृक्ष यादवका भतिजा विष्णुदेव यादव पनि एमाले प्रवेश गरेका छन् । उनी तत्कालीन संयुक्त जनमोर्चाबाट गाविस अध्यक्ष निर्वाचित भएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*