बिमा शुल्क संकलन १५ प्रतिशत बढ्यो

हेटौंडा खबर
२१ चैत्र २०७८, सोमबार १४:४०

फागुनसम्म बिमा कम्पनीहरुले कुल १ खर्ब १७ अर्ब ५० करोड ३८ लाख रुपैयाँ बिमा शुल्क संकलन गरेका छन् ।

गत आर्थिक वर्षको फागुन महिनासम्मको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा कुल बिमा शुल्क संकलन १४.७५ प्रतिशतले बढेको छ । उक्त अवधिमा जीवन बिमा कम्पनीहरुको बिमा शुल्क संकलन १२.१७ प्रतिशतले मात्र बढेको छ भने निर्जीबन बिमा कम्पनीहरुको २५.२५ प्रतिशतले बढेको छ ।

गत आर्थिक वर्षको फागुनसम्म बिमा कम्पनीहरुले कुल १ खर्ब २ अर्ब ४० करोड रुपैयाँ बिमा शुल्क संकलन गरेका थिए । बिमा क्षेत्रलाई राज्यले प्राथमिकता दिएको भनिए पनि मुलुकको कुल जनसंख्याको करिब ६५ प्रतिशत अझै बिमाको पहुँचमा छैनन् । बिमा समितिको तथ्यांकअनुसार गत फागुनसम्म करिब ३५.४४ प्रतिशत जनसंख्यामा मात्रै बिमा पहुँच पुगेको छ ।

यो तथ्यांकमा वैदेशिक रोजगारीमा गएकाहरूले गरेको बिमा पनि समावेश छ । गत आर्थिक वर्षको फागुनसम्म यो कुल जनसंख्याको २६.३० प्रतिशत थियो । धेरै नागरिकमा बिमासम्बन्धी चेतना नहुनु, कम्पनीहरू सहर तथा सुविधासम्पन्न क्षेत्रमा सीमित भएकाले अझै पनि जनसंख्याको ठूलो हिस्सा बिमा सेवाबाट वञ्चित छ।

वैदेशिक रोजगारीमा गएका नेपालीले अनिवार्य रूपमा बिमा गर्नुपर्ने हुन्छ । बिमा पहुँचको तथ्यांकमा वैदेशिक रोजगारीमा गएकाहरूको बिमालाई अलग राखिन्छ । यस्तो बिमालाई हटाउँदा माघसम्म कुल जनसंख्याको ३१.६१ प्रतिशतमा मात्र बिमा पहुँच पुगेको छ । २०७७ फागुनमा यो आँकडा २३.८६ प्रतिशत थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*