सक्रिय कोरोना संक्रमितको सङ्ख्या ८४२

हेटौंडा खबर
२१ चैत्र २०७८, सोमबार १६:०७

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो २४ घण्टाको तथ्याङ्क अनुसार हाल देशमा ८ सय ४२ जना कोभिड१९का सक्रिय संक्रमित रहेका छन् ।

पछिल्लो २४ घण्टामा थप ३३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यस अवधिमा ८९ जना संक्रमणमुक्त भएका छन् ।

पीसीआरबाट २९४२ र एन्टीजेनबाट २११७ गरी कुल ५ हजार ५९ वटा नमुना परीक्षण गरिएका थिए । तीमध्ये पीसीआरबाट ३२ र एन्टीजेनबाट १ जानमा संक्रमण पुष्टि भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published.


*