आलिया भट्ट र रणविर कपुरको बिहेको मिति तोकियो

हेटौंडा खबर
२१ चैत्र २०७८, सोमबार १६:१९

बलिउड अभिनेता रणविर कपुर र अभिनेत्री आलिया भट्टको बिहेको मिति तोकिएको छ ।

भारतीय सञ्चार माध्यमहरूका अनुसार यही अप्रिलको दोस्रो साता यो जोडी लगन गाँठोमा कसिन लागेको हो । रणविर र आलिया लामो समयदेखि रिलेसनमा छन् । तर, बिहेको पक्का मिति भने स्पष्ट पारिएको छैन ।

आलियाका मामा घरका हजुरबुबा निकै बिरामी रहेको र उनले आफ्नी नातिनी आलिया र रणविरबीच बिहे भएको हेर्न चाहेको बताइएको छ । १७ अप्रिलमा बिहे हुने बताइए पनि उनको स्वास्थ्यका कारण केही दिनअघि पछि बिहे हुनसक्ने बताइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*