मतपत्रको छपाइ आजदेखि

हेटौंडा खबर
२१ चैत्र २०७८, सोमबार १६:३२

मतपत्र छपाइको काम आजबाट सुरु हुने निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगद्वारा गरिने नियमित पत्रकार भेटघाट कार्यक्रममा क्रममा सोमबार आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले अहिलेसम्म १ लाख ८० हजार नमूना मतपत्र छापिइसकेकाले सोमबारबाट सक्कली मतपत्रको छपाइ कार्य सुरु हुने बताएका हुन् ।

प्रवक्ता पौडेलले गृहमन्त्रालयले एकीकृत सुरक्षा योजनाको विषयमा आयोगलाई जानकारी गराइसकेको भन्दै त्यसप्रति आयोग गम्भीर भएर लाग्नेसमेत बताए ।

दुर्गम ठाउँमा मतपत्र पुग्नका लागि धेरै समय लाग्ने भएकाले सुरुमा दुर्गम ठाउँका लागि मतपत्र छापिने उनले जानकारी दिए । त्यस्तै कुल मतपत्रमध्ये ८ देखि २५ प्रतिशतसम्म जगेडा मतपत्र छापिने उनले बताए ।

‘मनाङ‚ हुम्ला‚ जुम्लाजस्ता दुर्गम ठाउँका लागि सुगम ठाउँको भन्दा बढी मतपत्र जगेडा राखेर छपाइ गरिन्छ भने सुगम ठाउँका लागि कम जगेडा राखेर छापिन्छ‚’ प्रवक्ता पौडेलले भने ।

यसमा तपाइको मत

Your email address will not be published.


*