एएफसी कप छनोटको प्ले अफअन्तर्गत आज मच्छिन्द्र र श्रीलंकन क्लब ब्लु स्टार भिड्दै

हेटौंडा खबर
२२ चैत्र २०७८, मंगलवार ११:३१

‘ए’ डिभिजन लिग विजेता मच्छिन्द्र फुटबल क्लब र श्रीलंकन ब्लु स्टार क्लबबीच आज एएफसी कप छनोट-२०२२ को प्ले अफअन्तर्गतको खेल हुँदैछ। खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५ बजेबाट सुरु हुनेछ।

मच्छिन्द्रका सुजल श्रेष्ठको कप्तानीमा मैदानमा उत्रनेछ। मच्छिन्द्रको मुख्य प्रशिक्षक प्रवेश कटुवाल हुन्।यसअघि पनि लिग विजेता हुँदा एएफसी कप छनोट खेल्ने भनिए पनि क्लब लाइसेन्स नहुँदा मच्छिन्द्रले खेल्ने मौका पाएको थिएन।मछिन्द्रको स्थानमा त्रिभुवन आर्मी क्लबले छनोट खेलेको थियो।

श्रीलंकन टोलीको प्रदर्शन राम्रो रहेको र आफूहरूको टोलीमा कुनै परिवर्तन नभएको प्रशिक्षक कटुवालले बताए। मच्छिन्द्रले प्लेअफ हुँदै एएफसी कपको समूह चरणसम्म पुग्ने योजना बनाएको छ।यता कप्तान श्रेष्ठले आफूहरू दोस्रो चरणभन्दा पनि माथि पुग्ने बताए।

मच्छिन्द्र र ब्लु स्टारबीचको विजेताले दोस्रो चरणमा अप्रिल १२ मा भारतको मोहन बगानसँग खेल्न पाउनेछ।

 

 

यसमा तपाइको मत

Your email address will not be published.


*