बागमतीमा काँग्रेस प्रदेश स्तरीय चुनावी प्रचार प्रसार समिति गठन

हेटौंडा खबर
२२ चैत्र २०७८, मंगलवार १२:०३

नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्‍द्र बानियाँले स्थानीय तह निर्वाचन प्रदेश प्रचार समिति गठन गरेका छन् । सभापति बानियाँले कांग्रेस प्रदेश कार्यसमितिका सदस्य तथा प्रवक्ता तिलकप्रसाद रुवालीको संयोजकत्वमा ३७ सदस्यीय प्रचार समिति गठन गरेको कांग्रेस बागमती प्रदेश कार्यालय हेटौंडाले जनाएको छ ।

प्रचार समितिको सदस्यहरुमा क्रमशः उपेन्द्र लम्साल (रसुवा), श्याम कुमार लामा (धादिङ), ओमप्रसाद डल्लाकोटी (चितवन), जानकी लामा तामाङ (मकवानपर), रामशरण माझी (मकवानपुर), नानु दाहाल (काठमाडौं), राजु खरेल (काठमाडौं), धन कुमारी थापा (नुवाकोट), कुमार दुलाल (सिन्धुपाल्चोक), गुमानसिंह लामा (काभ्रेपलान्चोक), कोकिल अस्तानी मगर (सिन्धुली), कृष्णकुमार श्रेष्ठ (सिन्धुली), मोहम्मद मुकिम (ललितपुर), सुमन कार्की (भक्तपुर), गणेशप्रसाद फुयाल (भक्तपुर), उज्वलराम घिमिरे (रामेछाप), भीमसेन बस्नेत (रामेछाप), प्रभुराम श्रेष्ठ (दोलखा), अनिता श्रेष्ठ (दोलखा) रहेका छन् ।

यसैगरी दिवाकर नेपाल (ललितपुर), रामबहादुर लामा (चितवन), खुमबहादुर सुवेदी (धादिङ), सानुकाजी दाहाल (धादिङ), उत्तम चुके (चितवन), कबिता भन्तना (चितवन), अस्मिन सिटौला (काठमाडौं), सन्तप्रसाद श्रेष्ठ (प्रबिन) (काठमाडौं), राजेन्द्र बानियाँ (काठमाडौं), देब सुन्दर बज्राचार्य (काठमाडौं), राजु सुनार (काठमाडौं), माधव लामिछाने (नुवाकोट), पवित्रा पुडासैनी (नुवाकोट), रामशरण वस्ति (नुवाकोट), ईश्वरलाल श्रेष्ठ (रसुवा) र राजेन्द्र लामा (चितवन) रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*