सत्ता गठबन्धनको दबाबमा जबरजस्ती सही गर्न लगाएको भन्दै निर्वाचन आयोगले बोलाएको बैठकमा होहल्ला

हेटौंडा खबर
२२ चैत्र २०७८, मंगलवार १२:१८

स्थानीय तह निर्वाचनको आचारसंहिताका विषयमा निर्वाचन आयोग र राजनीतिक दलहरुबीचको छलफल भइरहेको छ। आयोगको कार्यालय कान्तिपथमा मंगलबार बिहान सुरु भएको राजनीतिक दलहरुसँगको बैठकमा होहल्ला भएको छ।

जबरजस्ती  प्रतिबद्धता पत्रमा हस्ताक्षर गर्न लगाएको भन्दै केही राजनीतिक दलहरुले होहल्ला गरेका हुन्। उनीहरुले सत्ता गठबन्धनको दबाबको आफूहरुलाई जबरजस्ती हस्ताक्षर गर्न लगाइएको भन्दो बैठकमै होहल्ला गरेका हुन्। आचार संहितालाई विभिन्न राजनीतिक दलहरुसँगको छलफलपछि पूर्णता दिएको प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले बताएका थिए। 

छलफलमा आयोगले निर्वाचनसम्बन्धी आचारसंहिता कार्यान्वयन गर्न दलहरूबाट प्रतिबद्धता खोजेको थियो। तर छलफलमा सहभागी केही दलले भने जबरजस्ती प्रतिबद्धता पत्रमा हस्ताक्षर गर्न लागाइएको आरोप लगाएका हुन्।

छलफलका लागि स्थानीय चुनावमा भाग लिने ७९ वटै दललाई बोलाइएको आयोगले जनाएको छ । वैशाख ३० गते स्थानीय तह निर्वाचन हुँदै छ।

यसमा तपाइको मत

Your email address will not be published.


*